फोटोफिचर


काठमाडौँका सडक बने सुनसान (तस्बिरहरू)


सरोज नेपाल
असोज १५, २०८२ बुधबार १७:१३, काठमाडौँ

हरेक वर्षजस्तै यो वर्ष पनि दसैँमा काठमाडौँका सडक सुनसान बनेका छन्। 

सधैँ भिडभाड भइरहने काठमाडौँका सडक गल्लीमा यतिबेला भिड छैन। 

अधिकांश पसल सटरहरू बन्द छन् भने गाडी र मानिसहरूको सामान्य आवतजावत छ। 

अझ राजधानीबाट बाहिरिने क्रम जारी छ। राजधानी नजिकका बासिन्दा आजसम्म आफ्नो काम भ्याएर भोलि टीकाको साइत छोप्न घर पुग्ने हतारोमा छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन्।

यही अवधिमा तीन लाख १९ हजार १५ जना उपत्यका भित्रिएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौँ उपत्यका छाडेको प्रहरीको रेकर्ड छ।

दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। 

घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिएका सवारी साधनको सङ्ख्या एक लाख १३ हजार ४१५ पुगेको छ। यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad