संविधान दिवस (असोज ३)को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा चियापानसँगै शुभकामना आदानप्रदान कार्यक्रम राखेका छन्।
उक्त समारोहमा सहभागी हुन नयाँ (जेनजी) आन्दोलनपछि उदाएका र पुराना नेताहरूको झमघट छ। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी, मन्त्रीहरू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख, उपसभामुख विभिन्न दलका नेताहरू, सेना तथा प्रहरीका प्रमुख, कूटनीतिज्ञहरू राष्ट्रपति कार्यालयमा पुगेका छन्। आफूलाई जेनजीका अगुवा भन्ने सुदन गुरुङ पनि शीतलनिवास पुगेका छन्।
























































1.5k
Shares

प्रतिक्रिया