कारोबार


क्षतिको दाबी भुक्तानी शीघ्र निष्कर्षमा पुर्‍याउने निर्जीवन बीमा व्यवसायी संघको प्रतिबद्धता

क्षतिको दाबी भुक्तानी शीघ्र निष्कर्षमा पुर्‍याउने निर्जीवन बीमा व्यवसायी संघको प्रतिबद्धता

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १६:३२, काठमाडौँ

नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पु¥याउन प्रतिबद्ध रहेको जनाएको छ।

बीमा गरेका सवारीसाधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन संघले आग्रह समेत गरेको छ। 

वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको सन्दर्भमा बीमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्यांकन गरी क्षति विवरणको आधारमा दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पु¥याउने संघले स्पष्ट पारेको छ।

नेपाल निर्जीवन बीमा व्यवसायी संघले प्रेस विज्ञप्ति जारी गर्दै देशभर जारी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । संघले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ।

आन्दोलनका क्रममा राष्ट्रपतिको भवन, संसद् भवन, सुरक्षानिकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायात लगायतका भौतिक संरचनामा भएको क्षतिको गहिरो दुःख व्यक्त गर्दै संघले बीमा कम्पनीहरूलाई यस संकटको समयमा दावी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायमा आह्वान गरेको छ।

संघका अध्यक्ष राजेन्द्र मल्लले बीमितहरूले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजातहरू चाँडो बीमा कम्पनीमा बुझाई दावी प्रक्रिया सहज बनाउने कार्यमा सहयोग गर्न अपिल गरेका छन्। साथै, बीमा कम्पनीहरूले पनि दावी भुक्तानी प्रक्रिया छिटो टुंगोमा पु¥याउने उद्देश्यका साथ काम गरिरहेको अध्यक्ष मल्लले बताए। 

२०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको आवश्यकता र उपयोगितालाई गम्भीर रूपमा महसुस गराएको सन्दर्भमा, हालको परिस्थितिमा बीमा कम्पनीहरूको सक्रियता सकारात्मक र आशाजनक देखिएको अध्यक्ष मल्ले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad