फोटोफिचर


आगजनीपछि सञ्चालनमा आयो सर्वोच्च, पालमुनि इजलास राखेर सुनुवाइ (तस्बिरहरू)


सरोज नेपाल
असोज २, २०८२ बिहिबार १२:५४, काठमाडौँ

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रदर्शनकारीबाट ध्वस्त पारिएको सर्वोच्च अदालत लयमा फर्कने प्रयास गरिरहेको छ।

विध्वंशपछि सर्वोच्चमा पहिलो पटक आज दुई वटा इजलासमा जम्मा दुई वटा बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ गरेको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीका बेग्लाबेग्लै इजलासमा रिटहरू परेका थिए।

सर्वोच्च परिसरमा जलाइएका गाडीहरूको थुप्रो हटाएर पाल टाँगी त्यहीँभित्र इजलास सञ्चालन गरिएको हो।

काठका सामान्य कुर्सी-टेबल राखेर एकातिर न्यायाधीश, अर्कोतिर इजलास अधिकृत र त्यहीँ नजिकै कानुन व्यवसायी बस्ने व्यवस्था गरिएको थियो।

हेर्नुस् केही तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad