प्रधानमन्त्री सुशीला कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन कुराकानी गरेकी छिन्। उनीहरुबीच करिब २० मिनेट कुरा भएको थियो।
टेलीफोन कुराकानीबारे भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत जानकारी दिँदै शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न भारतको अटल समर्थन रहने कुरामा आश्वस्त पारेको उल्लेख गरेका छन्।
‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग आत्मीयतापूर्ण वार्ता गरें,’ उनले लेखेका छन्, ‘हालैको दुःखद घटनामा ज्यान गुमाएका प्रति गहिरो संवेदना व्यक्त गरें र शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न उहाँले गर्नुभएका प्रयासप्रति भारतको अटल समर्थन रहने कुरा पुनः आश्वस्त गराएँ।’
उनले संविधान दिवसको पनि शुभामना दिएको भन्दै उल्लेख गरेका छन्,'साथै, भोलि नेपालकै राष्ट्रिय दिवसको अवसरमा उहाँलाई र सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना पनि प्रेषण गरें।'
— Narendra Modi (@narendramodi) September 18, 2025Had a warm conversation with Mrs. Sushila Karki, Prime Minister of the Interim Government of Nepal. Conveyed heartfelt condolences on the recent tragic loss of lives and reaffirmed India’s steadfast support for her efforts to restore peace and stability. Also, I extended warm…
Shares

प्रतिक्रिया