फोटोफिचर


काठमाडौंबाट दोलखा–रामेछाप फर्किने सयौंको यो भीड (फोटोफिचर)


प्रविन कोइराला
बैशाख ८, २०७७ सोमबार १६:११,

लकडाउनले श्रमिकहरूको काठमाडौं बसाई अस्तव्यस्त बनाएपछि जिल्ला फर्कने लहर नै चलेको छ अहिले।

प्रधानमन्त्री केपी ओलीले औपचारिक रुपमा ‘जो जहाँ छ त्यहीँ रहन’ निर्देशन दिएपनि सरकार आफैं रातको समय पारेर बाहिर जान चाहने मानिसहरूलाई पठाउन लागिपरेको देखिएको छ।

काठमाडौंमा खानपान र बसाई कठिन भएपछि मानिसहरू अहिले रातको समय पारेर आफ्नो घर फर्किन लागेका छन्। र, यसमा मन्त्री, पार्टीका नेता र प्रहरीले समेत सहयोग गरिरहेका छन्।

लकडाउनको २८औं दिन सोमबार साँझ भक्तपुरको गठ्ठाघरमा भेटिएको यो भीड दोलखा र रामेछाप फर्कन बस चढ्नेहरूको हो। दिउँसो प्रायः सुनसान हुने सडकमा राती यसरी भीड देखिनुले सरकार आफैं घर फर्कन चाहने मानिसहरूलाई राती राती पठाउने व्यवस्था गर्दैछ भन्ने खुलेको छ। हेर्नुहोस् गठ्ठाघरमा सोमबार साँझ लिइएको तस्बिरहरू :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad