बेलायतमा राजतन्त्रको इतिहास लामो छ। राजा चार्ल्स प्रथमलाई मृत्युदण्ड दिइएपछि सन् १६४९ देखि १६६० सम्म करिब ११ वर्ष भने गणतन्त्र रह्यो।
त्यसपछि फेरि राजतन्त्र पुनस्थापना भएको यहाँ राजा प्रतीकात्मक रूपमा रहेका छन् भने उनलाई सीमित अधिकार मात्र दिइएको छ। वास्तविक शक्तिको प्रयोग निर्वाचित सरकारले गर्छ। यसैले बेलायतका राजाले गल्ती गर्दैनन् भन्ने आम धारणा छ। संवैधानिक भएकाले पनि बेलायतमा राजतन्त्र लोकप्रिय छ।
यहाँका राजाले जनतासँग साक्षात्कार गर्न बेलाबखत बकिङ्घम दरबारमा विभिन्न कार्यक्रम गर्ने परम्परा रहेको छ, जसमध्ये गार्डेन पार्टी एक हो।
यसै सिलसिलाअन्तर्गत हिजो (७ मे)मा राजा चार्ल्स तृतीयले यहाँ गार्डेन पार्टी आयोजना गरेका छन्। जहाँ सरकारी उच्च पदस्थ पदाधिकारी, राजनीतिज्ञ, कुटनीतिक नियोग व्यक्तित्वका साथै विश्वका विभिन्न राष्ट्रबाट पाहुनाहरू आमन्त्रित थिए।
कार्यक्रममा ८ हजारभन्दा बढीको सहभागिता रहेको थियो। पार्टीमा राजा चार्ल्स र रानी क्यामिलाले उपस्थित सबैलाई स्वागत गरेका थिए।
राजदरबारले आयोजना गर्ने यस्तो पार्टीमा मदिरा निषेध गरिएको हुन्छ। त्यहाँ केवल चिया र केही स्यान्डविच मात्र उपलब्ध गराइन्छ।
हिजोको पार्टी अपरान्ह ३ देखि साँझ ६ बजेसम्म चलेको थियो।
नेपालखबरले कैद गरेको ‘गार्डेन पार्टी’ केही तस्बिर-


















































Shares

प्रतिक्रिया