फोटोफिचर


राजावादीको निशाना लागेको जडीबुटी कारखानामा हातैले दैनिक ५० काटन सन्चो उत्पादन (तस्बिर)


सौगात दाहाल
बैशाख २३, २०८२ मंगलबार २२:११, काठमाडौँ

काठमाडौँको तीनकुनेमा गएको चैत १५ गते भएको राजावादी प्रदर्शनका क्रममा जडीबुटी प्रशोधन केन्द्रमा समेत आगजनी भयो।

आगजनीका कारण जडीबुटी केन्द्रको भवनसँगै उत्पादित वस्तु तथा कच्चा पदार्थसमेत जलेर नष्ट भए।

खासगरी सन्चो उत्पादन गर्दै आएको केन्द्रमा सन्चो बनाउन चाहिने कच्चा पदार्थहरू सबै डढे। कच्चा पदार्थ अहिलेसम्म नआइपुगेको त्यहाँका कर्मचारी बताउँछन्।

तर, बजारमा अभाव नहोस् भनेर बचेकुचेको कच्चा पदार्थबाट भएपनि सो केन्द्रले उत्पादनको काम सुरु गरेको छ। कर्मचारीहरू मेसिन नभएपछि हातैले सामग्री उत्पादन गरिरहेका छन्।

‘पहिले मेसिनबाट बनाउँथ्यौँ। अहिले हातले बनाइरहेका छौँ’ केन्द्रका सूचना अधिकारी धर्मलाल न्यौपानेले नेपालखबरसँग भने, ‘त्यसकारण कम उत्पादन हुने नै भयो। प्राविधिक टोलीले क्षतिग्रस्त मेशिनलाई नै बनाउन मिल्छ कि नयाँ किन्नपर्छ भने जाँच गरिरहेको अवस्था छ। भवन पनि मर्मतसम्भार नगरिकन चलाउने स्थिति छैन।’

काम सुरु भएको १० दिन भएको र दैनिक ५० काटन उत्पादन भइरहेको न्यौपानेले जानकारी दिए।

यस्तै, बेलबारी, तरहरा, बारा, टीकापुर र जाजरकोटको शाखाबाट पनि उत्पादनको काम भइरहेको छ।

पुरानै अवस्थामा केन्द्रलाई संचालन गर्न एक डेढ वर्ष लाग्ने उनको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad