शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरू आज १४ औँ दिन पनि सकडमा छन्।
काठमाडौँको माइतीघरदेखि बबरमहलको सडकमा दिनदिनै विभिन्न नारा, प्लेकार्ड र नाचगानसहित उनीहरू आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराइरहेका छन्।
सरकारको ध्यानाकर्षण गर्न शिक्षकहरूले विभिन्न मौलिक शैलीका रचनात्मक क्रियाकलाप पनि गरिरहेका छन्।
आन्दोलनकारी शिक्षकहरूको भिडमा केही दृष्टिविहीन शिक्षक ब्रेल लिपिमा नारा लेखेर भट्याइरहका थिए। साथै, ब्रेल लिपिमै लेखिएका नारा उनीहरू प्रदर्शन पनि गरिरहेका थिए।
तस्बिरमा हेर्नुहोस् ब्रेल लिपिमा लेखिएका नारा भट्याइरहेका प्रदर्शनकारी शिक्षकहरू:







99
Shares

प्रतिक्रिया