फोटोफिचर


थापाथलीमा मेलम्चीको पाइप फुट्दा आवागमनमा कठिनाइ (तस्बिरहरू)


सरोज नेपाल
फागुन २०, २०८१ मंगलबार १८:३६, काठमाडौँ

थापाथलीमा मंगलबार बिहान खानेपानीको पाइप फुट्दा पैदल यात्रुलाई सास्ती भएको छ।

पाइप फुटेपछि आएको बाढीले सडकमासमेत ठूलो खाडल परेको थियो।

बाढीले सढकमा खाडल बन्दा थापाथली चोकबाट परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालतर्फ जाने सडक अवरुद्ध भएको थियो।

पाइप फुटेपछि थापाथली चोकबाट प्रसुती अस्पतालतर्फ ठूलो बाढी बगेको थियो। सडकमा ठूलो खाडल बनेको कारण त्यो सडक हुँदै यातायातका साधन भने सञ्चालन हुन सकेका छैनन्।

करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ।

थापाथलीमा के कारणले पाइप फुटेको खुलेको छैन। पाइप मर्मत गरेर पानी वितरण गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

गएको असोज ३० गते काठमाडौँको बबरमहलमा पनि मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad