आज देशभर विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार मनाइएको छ। यो पर्व शेर्पा समुदायको प्रमुख चाड हो। जसलाई नयाँ वर्षका रूपमा फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइन्छ ।
शेर्पा समुदायले आज विभिन्न ठाउँमा आफ्नो परम्परा र रीतिरिवाजअनुसार सांस्कृतिक कार्यक्रम गरेर ग्याल्पो ल्होसार मनाइरहेका छन्।
ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ।
नेपालमा शेर्पाहरूले एक साता ल्होसार मनाउने परम्परा छ भने तिब्बतमा यो दुई साता मनाउने प्रचलन छ।
शेर्पाहरूका अनुसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका रूपमा यो पर्व मनाउन थालिएको हो।
शुक्रबार काठमाडौँमा पनि शेर्पा समुदायले विविध कार्यक्रमसहित ल्होसार मनाएका छन्। बौद्धमा खिचिएका केही तस्बिर-






























Shares

प्रतिक्रिया