नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बुधबार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतिसबाजी प्रदर्शन गरिएको छ।
नेपाली सेनाले बुधबार मुलुकभर विविध कार्यक्रम गरी २६२ औँ स्थापना दिवस मनाएको हो। सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनीसमेत गरेका थियो। राष्ट्रपति पौडेलले सो अवसरमा सैनिकमञ्चस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेका हुन्।
हेलिकप्टरबाट राष्ट्रिय झन्डासहित सेना दिवसको व्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो।
नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ। संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको सूचिमा नेपाल अग्रणी स्थानमा पर्दछ।

































प्रतिक्रिया