फोटोफिचर


पशुपतिमा भक्तजनको घुइँचो, सेल्फी खिच्नेदेखि नाचगान गर्नेसम्म (तस्बिरहरू)


सरोज नेपाल
फागुन १४, २०८१ बुधबार ११:५६, काठमाडौँ

आज महाशिवरात्री पर्व पशुपति मन्दिरसहित देशभरका शिव मन्दिरहरूमा पूजाआजा गरी मनाइँदै छ। वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरूले महादेवको पूजाआराधना गरी मनाइरहेका हुन्।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि मन्दिर, नदी, तालतलैयामा स्नान गरिरहेका छन्। शिवको पूजा गर्नेहरूको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। 

आज पशुपति मन्दिर परिसरमा भक्तजनको भीड बढेसँगै यस क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। आज बिहान २ बजेदेखि नै पशुपतिनाथको मन्दिर खुलेको थियो। आज पूजाआजाका लागि पशुपतिको चारै ढोका खोलिएको छ।  

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad