कारोबार


मंगलबार हालसम्मकै महँगो बनेको सुनको मूल्य बुधबार घट्यो

मंगलबार हालसम्मकै महँगो बनेको सुनको मूल्य बुधबार घट्यो

नेपालखबर
फागुन १४, २०८१ बुधबार ११:५२, काठमाडौँ

मंगलबार नेपाली बजारमा अहिलेसम्मकै महँगो बनेको सुनको मूल्य आज बुधबार भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला हजार रुपैयाँ घटेर १ लाख ७० हजार ५ सय रुपैयाँ झरेको हो। 

हिजो मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च थियो।

यस्तै चाँदीको भाउ पनि आज थोरै घटेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलाको १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज केही घटेर १ हजार ९ सय ४० रुपैयाँ कायम भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad