चीनको नयाँ वर्षको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो।
शनिबार काठमाडौंको दशरथ रंगशालामा आयोजित खेल चीन युनान युवा फुटबल टोलीले जितेको छ।
प्रतियोगितामा चीन युनान युवा फुटबल टोलीले नेपाली यू–२० युवा टोलीलाई २–० गोल अन्तरले पराजित गरेको छ।
खेल अघि रंगशालामा समारोहमा ड्रायगन नाच, लायन्स नाच लगायतका चीनको सांस्कृतिक नाँच प्रस्तुत गरिएको थियो।






























351
Shares

प्रतिक्रिया