राजनीति


कांग्रेस र एमालेले चाहँदैमा संविधान संशोधन सहज छैन : पन्त

कांग्रेस र एमालेले चाहँदैमा संविधान संशोधन सहज छैन : पन्त

नेपालखबर
फागुन ३, २०८१ शनिबार १७:४८, काठमाडौँ

नेकपा एमालेका सांसद रघुजी पन्तले कांग्रेस र एमालेले चाहँदैमा चाहेअनुसारको संविधान संशोधन हुन नसक्ने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले संविधानमा रहेका असन्तुष्टिहरू अहिले आएर व्यक्त भइरहेको उल्लेख गरे।

नेता पन्तले अहिले आएर कांग्रेस र एमालेको दुई तिहाई पुग्छ संशोधनको प्रयास शुरु गरौँ भनेर पहलकदमी भइरहेको बताए। संविधान संशोधनका स्पष्ट बुँदाहरु बाहिर नआइसकेको पनि उनका भनाई थियो।

‘कांग्रेस र एमालेले चाहँदैमा चाहेकै जसरी संविधान संशोधन अघि बढ्ला भन्नेकुरामा प्रश्न छ। अध्यादेशकै विषयलाई लिएर राष्ट्रिय सभाको कम्पोज्सिनलाई लिएर कुनै पास हुने र कुनै नहुने खालको स्थिति देखिएको छ। छलफल जरुरी र संशोधनको दिशातिर सर्वसहमतिले गर्ने भन्ने हो’ उनले भने, ‘नेपाली कांग्रेस र एमालेलाई के लागेको छ भने दुई तिहाई पुग्छ भने संविधान संशोधन गरौँ भन्ने छ। यद्यपि त्यसमा धेरै होमवर्क भएर संविधान संशोधनका स्पष्ट बुँदाहरु बाहिर आइसकेका छैनन्। तर कतिपय कुराहरु संशोधन गर्न सकिन्छ भनेर गर्ने भनेर लागिएको छ। 

उनले नेपालमा अहिलेसम्म बनेका संविधानहरु संशोधन नभइकन कुनै नबाँचेको स्पष्ट पारे।

सांसद पन्तले संविधानलाई बचाउन पनि संशोधन आवश्यक रहेको बताए। सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रिय सभाबाट पारित हुन जटिलता उत्पन्न भइरहेको उनको भनाई थियो।

उनले भने, ‘नेपालमा जुन संविधान संशोधन भएको छैन, त्यो संशोधन नभएको संविधान बाँचेको छैन। यो संविधानलाई बचाउन पनि संशोधन आवश्यक छ। हामी रिफर्म भएनौँ भने जान्छौँ। समयानुसार परिवर्तन हुनुपर्छ। संविधान पनि त्यही हो। संविधान संशोधन त्यति साह्रै सहज पनि देखिरहेको छैन।’

सांसद पन्तले संविधान संशोधनको बहस र छलफल आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad