फोटोफिचर


फेवातालमा कुद्‍यो ‘ड्रागन बोट’ (तस्बिरहरू)


सरोज नेपाल
पुस १४, २०८१ आइतबार १४:३१, पाेखरा

नेपाल र छिमेकी मुलुक चीनबीचको साँस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखरामा दोस्रो संस्करणको ‘नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको छ।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आइतबार सुरु भएको फेष्टिभलमा नेपाल, चीन र सिंगापुरका खेलाडी सहभागी भए। प्रतियोगिता भोलिसम्म संचालन हुनेछ। 

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा २० टोली सहभागी छन्। प्रतियोगितामा चीनको ८, सिंगापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी भएका छन्। 

प्रतियोगितामा ५०० सय र २०० मिटर दौडका विजेता टोलीलाई ५ हजार अमेरिकी डलर, उपविजेतालाई २ हजार डलर र तृतीय हुने टोलीलाई १ हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad