काठमाडौँमा १७ वर्षकी नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा २ किशोर पक्राउ परेका छन्।
दैलेख नारायण नगरपालिका ६ घर भई काठमाडौँ महानगरपालिका ३० रूद्रमार्ग बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले ती किशोरीलाई घुम्न जाने भनी ललाई फकाई आफ्नो कोठामा लगेर मंगलबार राती जबरजस्ती करणी गरेको जाहेरी परेको थियो।
जाहेरी परेपछि प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
234
Shares

प्रतिक्रिया