साफ यू–२० च्याम्पियनसिपको उपाधि नजिक पुगेको नेपाली फुटबल टोली फेरि एकपटक मौका गुमाएको छ। तेस्रो उपाधिका लागि बंगलादेशसँग बुधबार भएको खेलमा ४–१ को गोल अन्तरले पराजित भएसँगै ६ वर्षपछि उपाधि जित्ने अवसर गुमेको हो।
तीन पटकसम्म साफ च्याम्पियनसिपको उपविजेता बनेको बंगलादेशले भने पहिलो पटक उपाधि उचालेको हो।
सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको नेपाली युवा टोलीले बंगाली युवा टोलीसँग स्तब्ध बन्यो।
नेपालले खेलमा राम्रो पकड बनाएपनि गोल गर्न भने सकेन।
बंगलादेश पनि उमेरसमूहका पछिल्ला पाँच प्रतियोगितामध्ये तीन पटक उपविजेतामा नै सीमित हुनुपरेको छ।
पछिल्लो साफ यू–२० च्याम्पियनसिपमा पनि बंगलादेश फाइनलमा पुगेर भारतसँग पराजित भएको थियो।
यसपल्ट सेमिफाइनलमा नै भारतमाथि बदला लिँदै बंगलादेशले उपाधि पोल्टामा पारेर खुसी साटेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पराजित भएपछि खेलाडीहरू भावुक बने। पहिलोपटक जित निकालेका बंगाली खेलाडीले खुसी साटासाट गरे।
तस्बिरहरूः
Shares
प्रतिक्रिया