ad ad

कला


‘रावायण’ को ‘तिम्रै लागि’ मा रोमान्टिक देखिए पल र पूजा

‘रावायण’ को ‘तिम्रै लागि’ मा रोमान्टिक देखिए पल र पूजा

नेपालखबर
भदौ १२, २०८१ बुधबार १७:८, काठमाडौँ

भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’मा समावेश ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ। प्रेमभावको गीतमा कुनाल गान्जावाला र सोनु कक्करको स्वर सुन्न सकिन्छ। डा। कृष्णहरि बरालको शब्द रहेको गीतमा निरज सिंहले संगीत भरेका छन्।

गीतको भिडिओमा मुख्य कलाकार पल शाह र  पुजा शर्मा फिचर्ड छन्।गीतको सुरुवातमा पल र पूजालाई जंगलको बीचको बाटोमा कारमा यात्रा गरिरहेको देखाइएको छ।

जहाँ उनीहरुबीच रोमान्टिक भाव देखिन्छ। त्यसपछि उनीहरुलाई काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा देख्न पाइन्छ। जहाँ कोरस डान्सरहरुसँग उनीहरुले नृत्य गरेका छन् ।

पल र पुजालाई कोरियोग्राफर रामजी लामिछानेले नँचाएका छन् ।  

गीतमा सौरभ लोखण्डे र रेवत आरती सिंहको म्यूजिक प्रोडक्सन र एरेन्ज, फ्रान्को भालाको एडिसनल म्युजिक प्रोडक्सन, निरज सिंहको म्यूजिक सुपरभाइजर र साउण्ड डिजाइन, सौरभ दासको ब्याकिङ भोकल, निरज सिंह, फ्रान्को भाला र समीर चौरासियाको रेकर्डिङ इन्जिनियरिङ, निरज सिंह ९कैलाश स्टुडियो, मुम्बई०को मिक्सिङ इञ्जिनियर, गेथिन जोन९हाफोड मास्टरिङ९वेल्स, यूके०को मास्टरिङ इन्जिनियर छ। गीत भारतको मुम्बईस्थित कैलाश स्टुडियोमा रेकर्ड गरिएको हो।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन्। फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

सुदर्शन निर्देशित फिल्ममा पल र पुजासहित प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली,निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन छ। फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .