ad ad

फोटोफिचर


रास्वपाको चियापानमा प्रचण्ड, देउवा र ओली, अरू को-को पुगे ? (तस्बिरहरू)


सरोज बैजु
असार ७, २०८१ शुक्रबार १५:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना दिवसको अवसर पारेर चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ। पार्टी केन्द्रीय कार्यालय शुक्रबार रास्वपाले दोस्रो स्थापना दिवस मनाएको हो। 

चियापान समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का  अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाही लगायत पुगेका छन्।

रास्वपाले चियापानमा राजनीतिक दल, संघीय सांसद, सुरक्षा अंगका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगहरूलाई आमन्त्रण गरेको थियो।

लामो समय सञ्चार कर्ममा रहेका लामिछानेले २०७९ साल असार ७ गते आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए। सोही महिनाको १७ गते निर्वाचन आयोगमा रास्वपा दर्ता गरिएको थियो। 

पहिलोपटक निर्वाचनमा सहभागी भएको रास्वपा अहिले २० सिटसहित संघीय संसदमा चौथो शक्तिको रुपमा कायम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .