ad ad

फोटोफिचर


यसपालि सरदरभन्दा बढी वर्षा हुने आकलन, प्रकोपमा कसरी हुन्छ उद्धार? (तस्बिर)


सरोज बैजु
जेठ २५, २०८१ शुक्रबार १६:३३, काठमाडौँ

ललितपुरको धापाखेलस्थित नागदहमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, स्काउट र रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा दैवीप्रकोप आपत्‌कालीन उद्धार अभ्यास गरिएको छ।

संयुक्त टोलीले बाढी, पहिरो, आगलागी, भूकम्प जस्ता विपद्‌का बेला गरिने उद्धारको अभ्यास गरेको हो। जसमा बाढी पहिरोमा परेकाहरूको खोज तथा उद्धार, चिकित्सकीय सहयोग, निकासी प्रक्रियाको अभ्यास गरिएको थियो।

यो वर्षको बर्खायाममा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन जल तथा मौसम विज्ञान विभागले गरेको छ। यसै महिना विभागले जारी गरेको ‘मनसुन सिजनको हावापानी आकलन’ प्रतिवेदनमा आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको उल्लेख छ।

वर्षा बढी भएसँगै प्राकृतिक विपद् पनि बढ्ने आकलनसहित सरकारी निकाय यसको पूर्वतयारीमा जुटेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .