ad ad

फोटोफिचर


न्युरोडबाट फर्कियो नगर प्रहरी, बालेनले काटेको सडक धमाधम पिच हुँदै (तस्बिरहरू)


सरोज बैजु
जेठ २१, २०८१ सोमबार १२:५३, काठमाडौँ

न्युरोडमा काठमाडौँ महानगरले काटेको सडक सोमबार दिउँसो सडक डिभिजन कार्यालयले धमाधम कालोपत्रे गरिरहेको छ। डिभिजनले सडक कालोपत्रे थालेपछि महानगर प्रहरी पनि न्युरोड पुगेको थियो। 

महानगर प्रहरी पुगेपछि भएको तनावकाबीच अहिले विभागले कालोपत्रेको काम गरिरहेको छ। कालोपत्रे गर्दैगर्दा स्थानीय र महानगर प्रहरीबीच केहीबेर तनाव भएको थियो। 

लगत्तै नेपाल प्रहरी पनि न्युरोड पुगेको थियो। नेपाल प्रहरी पुगेपछि नगर प्रहरीसँग केहीबेर वार्ता भयो। अहिले नगर प्रहरी त्यहाँबाट फर्किएको छ। 

अवरोधकैबीच सडक विभागका कर्मचारीहरूले न्युरोडमा सडक पिचको काम अघि बढाएका छन्। 

‘न्युरोड जस्तो क्षेत्रमा भद्रगोल भएसंगै हामी आफैले कालोपत्रे गर्न लागेका हौं,’ सडक डिभिजन कार्यालय काठमाडौँका इन्जिनियर प्रमोद खतिवडा भन्छन्, ‘कुल २१० मिटर लम्बाईमा कालोपत्रे हुँदैछ। दुवैतर्फ १।५ मिटर कटान गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .