ad ad

फोटोफिचर


यसरी देखाइँदैछ टुँडिखेल, तीनकुने र हाँडीगाउँमा विश्वकप, दर्शकको भिड (तस्बिरहरू)


सरोज बैजु
जेठ २२, २०८१ मंगलबार २०:४६, काठमाडौँ

अमेरिकाको डालासमा मौसम अनुकुल बनिदिए अबको केहीबेरमा नेपालले टी–२० विश्वकप अन्तर्गतको पहिलो खेल खेल्दैछ। १० वर्षपछि विश्वकपमा सहभागी भएको नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग हुँदैछ। 

सरकारले देशभरका स्थानीय तहलाई खेलको प्रत्यक्ष प्रशारण गर्न निर्देशन नै दिएको छ। प्रधानमन्त्री, गृहमन्त्री, संघीय सांसददेखि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले खेलाडीको हौसला बढाउनेगरी बिहानैदेखि शुभकामना व्यक्त गरेका छन्।

काठमाडौँ महानगरले पनि तीन स्थानमा प्रत्यक्ष प्रशारण गर्दैछ। 

मेयर शाहको सचिवालयका अनुसार, टुँडिखेल, तिनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रशारणका लागि सबै बन्दोबस्त भइसकेको छ। 

राति सवा ९ बजेबाट सुरु हुने नेपाल र नेदरल्याण्ड्सको खेलको प्रत्यक्ष प्रशारण हेर्न हजारौँ दर्शकहरू सडकमा निस्किएका छन्। 

१७ः३० फिटको एलईडी स्क्रिनमा महानगरले यी तीन ठाउँमा प्रत्यक्ष प्रशारण गर्न लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .