ad ad

फोटोफिचर


मापसे गरेर सवारी चलाएपछि ट्राफिक व्यवस्थापनमा (तस्बिरहरू)


सरोज बैजु
जेठ १६, २०८१ बुधबार १५:३६, काठमाडौँ

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलगायत विभिन्न ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकका रूपमा सडकमा खटाउन थालेको छ।

मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन सुरु गरिएकाे हो। बुधबारदेखि काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बुधबार सिंहदरबार आसपासका सडक क्षेत्रमा स्वयंसेवक खटिएका छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने बताएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .