ad ad

कला


मेरा लागि नेपाल दोस्रो घर हो : भारतीय अभिनेत्री जयाप्रदा

मेरा लागि नेपाल दोस्रो घर हो : भारतीय अभिनेत्री जयाप्रदा

नेपालखबर
असार १३, २०८१ बिहिबार १८:५१, काठमाडौँ

बलिउड अभिनेत्री जयप्रदा नहताले नेपाल आफ्नो लागि दोस्रो घर रहेको बताएकी छिन्। 

बिहीबार काठमाडौँमा भएको नेपाल–भारत कल्चरल फेस्टिबल कार्यक्रमका क्रममा बोल्दै उनले नेपाल पशुपतिनाथको कृपाले महान रहेको टिप्पणी गरिन्। 

नेपाल आएर आफ्नो देशका बारेमा केही कुरा राख्न पाउँदा गर्वको महसुस भएको बताउँदै अभिनेत्री नहताले नेपाल—भारत सम्बन्ध आगामी दिनमा झनै बिस्तार गर्दै लैजानुपर्ने बताइन्।

‘यस धर्ती महान छ। बाबा पशुपतिनाथको आशिर्वादका कारण यो धर्ती महान छ। यस धर्तीलाई म प्रणाम गर्दछु। आज मलाई नेपाल आएर आफ्नो देशको तर्फबाट धारणा राख्दा यो महत्त्वपूर्ण भएको छ,’ उनले भनिन्, ‘एक दिनमा मात्रै हामी यति ठूलो नाम बनाउन सक्दैनौँ। यो वर्षौंको मेहनतबाट बनेको नाम हो। यसमा हाम्रो परिवारको पनि त्यत्तिकै साथ छ। मलाई नेपाल आउँदा लाग्छ, यो मेरो लागि दोस्रो घर हो।’

उनले आफू तीन पटक सांसद बनेको भएपनि अहिले पनि चलचित्र क्षेत्रबाट टाढा नगएको जिकिर गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .