काठमाडौँमा जारी आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगअन्तर्गत बुधबार चौथो दिनका खेलहरु जारी छन्।
लिगमा एक् सातामा ४७ खेल हुनेछन्। मंगलबार एकै दिन सात खेल भएको लिगमा अन्य दिनमा ६ खेल भैरहेका छन्। लिगमा बुधबार घरेलु लिगका चिरप्रतिद्वन्द्वी नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी क्लब तथा टिपटक हेल्प नेपाल र गण्डकी प्रदेशबीचको खेल जारी छ।
लिगमा महत्वपुर्ण खेल जारी रहँदा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दशर्ककको उल्लेख्य उपस्थिति थियो।
शनिबार उद्घाटन खेलको दिन क्षमता भन्दा बढी दर्शक सख्या रहेको लिगमा आज बुधबार पनि उत्तिकै दर्शक कभर्डहल पुगेका थिए। नेपालको राष्ट्रिय खेल भलिबलको स्थायी र सुविधासम्पन्न कभर्डहल नहुँदा राखेपको कर्भडहलमै भर पर्दै आउनुपरेको छ।
लिगमा दर्शक सख्या क्षमताभन्दा बढी भए पनि आयोजक नेपाल भलिबल संघ भने टिकट बिक्रीमा व्यस्त छ। भित्र दर्शक सख्या क्षमताभन्दा बढी हुँदा पनि बाहिर भने संघ टिकट बेचिरहेको छ।
पैसा तिरेर पुगेका दर्शक खाली भूमिमा बसेर नै खेल हेर्नुपर्ने बाध्यता छ।
तस्बिरहरु




















Shares

प्रतिक्रिया