ad ad

फोटोफिचर


नयाँ वर्षको रमझमभन्दा खेतीपाती नै प्यारो (फोटोफिचर)


न्युज एजेन्सी नेपाल
चैत २४, २०८० शनिबार १२:१७, काठमाडौँ

किसान देशका मेरुदण्ड हुन्। तर आज कसैले पनि किसान भनेर गर्व गर्नसक्ने अवस्था छैन। कृषिमा आबद्ध भएर सहज जीवन जिउन मुस्किल छ। विदेश जान लागत जुटाउन जति सजिलो छ, कृषिका लागि त्यति नै कठिन छ। कारण कृषिप्रतिको अविश्वास तथा व्यवसायी कृषि प्रणालीको अभाव हो। अर्को कुरा सरकारको उदासीनता पनि।

किसान लाखौँ लगानी गर्छन्, वस्तु उत्पादन गर्छन्। तर वस्तुको बजार सीमित छ। निर्यातको राम्रो व्यवस्था छैन। वस्तु कुहिन्छ, लगानी डुब्छ। सरकारलाई कुनै मतलब छैन। गर्मी सुरु भएको छ। गर्मीबाट बच्ने उपाय खोजिरहँदा काठमाडौँको काँठ क्षेत्रका किसान भने यतिबेला कामको चटारोमा छन्।

लगाएका बालीनाली उठाउने र सिजनअनुसार नयाँ खेती लगाउने चटारोमा छन् किसान। तोरी खेती उठाउने र अर्को खेती लगाउन मल बोक्ने किसान काँठ क्षेत्रमा भेटिन्छन्।

हुन त खेतीपातीको काम गर्ने किसानलाई गर्मी र जाडोको छुट छैन। समयमा गर्नु परिहाल्छ नै। असरल्ल काम छोडेर गर्मी र जाडो भन्दै बस्ने छुट किसानलाई हुँदैन। बरु लगाएको खेतीपाती समयमै भित्र्याएर नयाँ सिजनको खेती गर्नमै किसान रमाउँछन्। यतिबेला उनीहरूलाई नयाँ वर्षको रमझमभन्दा खेतीपाती नै प्यारो छ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका कामको चटोरोले व्यस्त काँठ क्षेत्रका किसान र कृषिका यी तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .