ad ad

फोटोफिचर


माइतीघरमा नेविसंघको नारा : भ्रष्टाचारी सरकार चाहिँदैन, निर्दोषलाई फसाउन पाइँदैन (फोटोफिचर)


प्रविन कोइराला
माघ २४, २०७६ शुक्रबार ८:५७,

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ।

पार्टीका उपसभापति एवं ससदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटारको सरकारी जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको आरेपमा अख्तियार दुरुपयोय अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो। ‘संवैधानिक निकायमा सरकारी हस्तक्षेप बन्द गर’, ‘भ्रष्टाचारी सरकार चाइँदैन, निर्दोषलाई फसाउन पाइँदैन’, ‘ठगलाई सम्मान, निर्दोषलाई अदालत’, ‘विभेद र पूवाग्रह मानिँदैन, काण्डै काण्डको सरका चाहिँदैन’, लगायतका प्लेकार्ड बोकेका कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्।

अख्तियार सरकारको छायाँ बनेको, भ्रष्टचार मुद्दालाई राजनीतिक पूर्वाग्रहका आधारमा दर्ता गरिएको भन्दै नेविसंघको नेतृत्वमा कांग्रेस भातृ संगठनहरुले दिउँसो १ बजेदेखि माइतीघरमा प्रदर्शन गरेका हुन्।

अख्तियारलाई लगाएर सरकारले आफ्ना नेताहरुलाई फसाउन खोजेको भन्दै नेविसंघका एक नेताले नेपालखबरसँग भने, ‘अख्तियारको यो निर्णय नसच्चिएसम्म आन्दोलन रोकिँदैन।’ कांग्रेसले गच्छदारको मुद्दालाई लिएर संसदमा समेत अवरोध गर्दै आइरहेको छ।

हेरौँ केही तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .