ad ad

अटो


नोयडा अटो एक्स्पोमा के छ? यी हुन् कम्पनीका नयाँ उत्पादन

नोयडा अटो एक्स्पोमा के छ? यी हुन् कम्पनीका नयाँ उत्पादन

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ९:१,

भारतको नोयडामा १५औं अटो एक्स्पो चलिरहेको छ। १२ फेब्रुअरीसम्म चल्ने एक्स्पोमा नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष कृष्ण दुलालको नेतृत्वमा एक्स्पो अवलोकनको लागि नेपाली टोली भारत गएको छ।

एक्स्पोमा धेरै कम्पनीले बीएस ६ मापदण्ड इन्जिन भएका गाडी सार्वजनिक गरेका छन्। एक्स्पोमा मारुती सुजुकी इन्डियाले ‘कन्सेप्ट फ्युच्रो–इ’ एसयुभी सेगमेन्टको अनावरण गरेको छ। १७ गाडी शोकेस गरेको मारुती सुजुकीले भिटारा ब्रेजाको पेट्रोल इन्जिन गाडी लञ्च गरेको छ। बीएस ६ मापदण्डका सेलेरियो, एस–प्रेसो, वागनआर, स्वीफ्ट, बलेनो लगायतका गाडी आउँदै छन्।

हुन्डाईले एक्स्पोमा नयाँ क्रेटा गाडीको लञ्च गरेको छ। सेकेन्ड जेनेरेसनको हुन्डाई क्रेटा मार्चमा भारतमा लञ्च गर्ने जानकारी दिएको छ। पहिलो पुस्ताको के्रटा २०१५ मा लञ्च गरेको थियो । हुन्डाईको टक्सन बुधबार लञ्च गरेको हो। तर मूल्य भने मार्चमात्रै सार्वजनिक गर्ने बताएको छ।

एक्स्पोमा विद्युतीय एमजी मोटर्सको मार्भेलक्स एक्स, महिन्द्रा फुनस्टर विद्युतीय कन्सेप्ट कार, स्कोडा भिजन इन, नयाँ फोर्स गोर्खा स्ट्यान्डर्ड प्रदर्शनीमा राखिएको छ।

एक्स्पोमा टाटा मोर्टसले २६ वाटा प्रोडक्ट शोकेसमा राखेको छ। यसमा १४ कमर्सियल र १२ प्यासेन्जर भेहिकल रहेका छन्। कम्पनीले टाटा ग्रेभिटास अनावरण गरेको छ भने टाटाले ह्यारियर लञ्च गरेको छ।

नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष कृष्ण दुलालले सोसाइटी अफ इन्डियन अटोमोबाइल मेनुफेक्चरर्स (सियाम)सँग अटो शो व्यवस्थापन र सहकार्यको लागि छलफल भएको बताएका छन्।

‘एक्स्पोमा हेर्ने, सिक्ने र नेपालमा नाडा एक्स्पोलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफल पनि गर्दै छौँ’, उनले भारतबाट नेपालखबरसँग कुराकानी गर्दै भने, ‘अहिलेको अटो एक्स्पोमा नयाँ–नयाँ कन्सेप्ट कारहरुको आएका छन्। विशेषगरी नयाँ आउँदै गरेका विद्युतीय गाडीको विषयमा धेरै जानकारी पायौँ।’

auto xpo india 1

हिमालय अर्गनाइजेसनमा तथा आयम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले १५औं अटो एक्स्पोमा धेरै कम्पनीको सहभागिता नदेखिएको बताएका छन्। ‘भारतले अप्रिलबाट बीएस ६ लागू गर्ने घोषणाले नयाँ उत्पादन नभएका कम्पनीले भाग लिएको देखिएन’, उनले भने, ‘विशेषगरी मोटरसाइकल कम्पनीहरुको न्यून सहभागिता रहेको छ। विद्युतीय गाडीलाई बढी फोकस गरिएको छ।’

नेपालमा फोर्स मोटर्सको लागि आधिकारिक बिक्रेता थापाले फोर्स मोटर्सले नयाँ ४२ सिटे र ५२ सिटे बस ल्याउको बताए। जुन नेपालमा छिट्टै ल्याउने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .