ad ad

कारोबार


प्रणय दिवसमा भारतबाट मात्रै आउँछन् ७० करोडको गुलाफ

प्रणय दिवसमा भारतबाट मात्रै आउँछन् ७० करोडको गुलाफ

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ८:३६,

भ्यालेन्टाइन(प्रणय) सप्ताहमा भारतबाट मात्रै नेपालमा ७० करोडको गुलाफ आयात हुने गरेको छ।

फ्लोरिकल्चर एसोसियसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार यसवर्ष भ्यालेन्टाइन सप्ताहमा १ करोडको गुलाफमा विक्रि हुने अनुमान गरिएको छ। जसमध्ये ३० करोडको गुलाफ नेपालमै उत्पादन हुने भएपछि भारतबाट ७० करोडको आयात हुने उनले बताए।

‘भ्यालेन्टाइन सप्ताहमा गुलाफको माग अत्याधिक हुन्छ। तर, चिसो मौसममा नेपालमा गुलाफको उत्पादन घट्ने हुने भएकाले ठूलो हिस्सा भारतबाट आयात हुन्छ,’ अध्यक्ष श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार यसपटक १ लाख ५० हजार बढि गुलाफहरु खपत हुने अनुमान गरिएको छ। प्रति गुलाफको खुद्रा मुल्य ७० देखि १०० रुपैयाँसम्म पर्ने उनले बताए।

गतवर्ष यसअवधिमा १ लाख ६० हजार गुलाफ विक्रि भएको उनले बताए। भ्यालेन्टाइन मुख्य गरि युवाहरुले मनाउने भएकाले दैनिक हजारौं युवाहरु विदेश जाने भएकाले पनि यसवर्ष कम माग भएको उनको तर्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .