फोटोफिचर


माधवनारायण स्वस्थानीका व्रतालुहरुको ‘परदेश यात्रा’ चाँगुनारायण पुग्यो (फोटोफिचर)


प्रविन कोइराला
माघ २३, २०७६ बिहिबार ७:४५,

माधवनारायण स्वस्थानीका व्रतालुहरुको ‘परदेश यात्रा’ भक्तपुरको चाँगुनारायण पुगेको छ।

स्वस्थानी व्रतको एक महिनाको अवधिमा माधवनारायणलाई विभिन्न स्थानको भ्रमण गराउने प्रचलनअनुरुप व्रतालुहरु बिहीबार भक्तपुरको चाँगुनारायण पुगेका हुन्।

व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि ‘परदेश यात्रा’ सुरु गर्छन्। माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ। भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ।

सोही प्रचलनअनुसार वर्तालुहरु खाली खुट्टा हिँडेर साँखुदेखि चाँगुनारायण आइपुगेका हुन्। स्वस्थानीका व्रतालुले माधवनारायणको दर्शन नगरे व्रत पूरा नहुने र फल प्राप्त नहुने धार्मिक विश्वाससमेत छ।

पौष शुक्ल पूर्णिमादेखि सुरू भएको व्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हात र गोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महिलाले एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ।

हेरौँ केही तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad