ad ad

खेल


त्रिकोणात्मक क्रिकेट शृंखलाः अमेरिकाले ओमानलाई दियो २ सय १४ रनको लक्ष्य

त्रिकोणात्मक क्रिकेट शृंखलाः अमेरिकाले ओमानलाई दियो २ सय १४ रनको लक्ष्य

नेपालखबर
माघ २३, २०७६ बिहिबार ७:४७,

आईसीसी विश्वकप लिग २ को नेपाल सम्मिलित त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा बिहीबार अमेरिकाले ओमानसामु २ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा २ सय १३ रनमा अलआउट भयो।

ओमानका लागि मोहम्मद नदिमले आठौँ ओभरमा दोस्रो बलमा ओपनर जेभियर मार्शललाई १३ रनमा एलबीडब्ल्यू आउट गर्दै ओमानलाई पहिलो सफलता दिलाए। 

नवौँ ओभरको चौथो बलमा बलमा बायाँ हाते तीव्रगतिका बलर बिलाल खानले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरेपछि अमेरिका सुरुमै दबाब परेको थियो। नदीमले १२ ओभरको अन्तिम बलमा ओपनर आरोन जोन्सलाई १२ रनमा बोल्ड आउट गरेपछि अमेरिका ४८–३ को कमजोर अवस्थामा पुगेको थियो।

कप्तान जिशान मकसुदले १५औं ओभरको पाँचौँ बलमा मोनक पटेललाई फर्ष्ट सिलिपमा रहेका अकिब इलियासबाट १९ रनमा क्याच आउट गराएपछि ओमान पूर्णरुपमा हाबी बनेको छ। पटेलले २८ बलमा ३ चौका प्रहार गरे।

१५ दशमलव ५ ओभरमा ५४–४ को कमजोर अवस्थामा रहेको अमेरिकालाई पाँचौ विकेटका लागि इयन होल्यान्ड र अक्षय होमराजले ८२ रनको उत्कृष्ट साझेदारी गरे। कलीमुल्लाहले ३३ औं ओभरको पाँचौ बलमा अक्षयलाई ४४ रनमा बोल्ड आउट गर्दै उक्त साझेदारी तोडेका थिए। अक्षयले ५३ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

अमेरिकाका लागि इयन होल्यान्डले सर्वाधिक ६५ रनको योगदान दिए। ४२औं ओभरको तेस्रो बलमा अकिब इलियासको बलमा ठूलो सट खेल्ने प्रयासमा बिट हुँदा बोल्ड आउट हुन पुगेका थिए। उनले ७८ बलमा ७ चौका प्रहार गरे। इयनको यो ओडीआई करिअरको पहिलो अर्धशतक हो ।

ओमानका मोहम्मद नदीमले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए। कप्तान जिशान मकसुदले आफ्नो स्पेलमा १ मेडन सहित २९ रन खर्चेर २ विकेट लिए। बिलाल खान र अकीब इलियासले समान २ विकेट लिए। कलीमुल्लाहको नाममा १ विकेट रह्यो।

२ सय १४ रनको लक्ष्य पाएको ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .