ad ad

फोटोफिचर


सुन्दर बजारमा केपी ओली र राधिकाको साउती (तस्बिरहरू)


नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १७:५, लमजुङ

नेकपा एमालेको मध्यपहाडी यात्रा अभियानका क्रममा शुक्रबार लमजुङको सुन्दर बजारमा आयोजित सन्देशसभाको मञ्चमा एकसाथ देखिए केपी शर्मा ओली र पत्नी राधिका शाक्य।

बैतडीको झुलाघाटदेखि सुरु यो अभियानमा निरन्तर स्थलमार्गको यात्राबाट एमाले अध्यक्ष ‌ओली केही थाके जस्ता देखिन्थे।

मञ्चमा बसिरहेका बेला ओली आफ्नो चश्माको स्ट्यान्ड सोझ्याउन लागिरहेका बेला पत्नी राधिकाले उनीसँग साउती गरिरहेकी हुन्छिन्।

ओली चश्मा सोझ्याउन व्यस्त रहेका बेला राधिकाले जिज्ञासु भएर केही कुरा सोधिरहेकी छन्। त्यसक्रममा ओलीले पनि उनका कुरा सुन्ने कोसिस गरेको देख्न सकिन्छ।

तर आफ्नो कुरा ओलीले नबुझेको आशय झल्किने भाव राधिकाको अनुहारमा देख्न सकिन्छ। ओली चश्मा बनाउन व्यस्त भइरहँदा राधिकाले उनीसँग संवाद गरिरहेकी छन्। ओलीले पनि उनका जिज्ञासाको उत्तर उनीनजिकै लम्किएर दिन खोजिरहेका छन्

राधिकाले दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका ओलीलाई झुलाघाटदेखि एक दिन पनि छाडेकी छैनन्।

आधा नेपाल छिचोल्दै गर्दा राधिकाले ‌ओलीलाई औषधि खुवाउनेदेखि खानपानमा ध्यान दिइरहेकी छन्। राधिकासँगै ओलीका अर्का सहयोगी राजेश बज्राचार्यले पनि यात्राका क्रममा उनलाई छाडेका छैनन्।

मिर्गौला प्रत्यारोपण गरेकाले ओलीले नियमित औषधि खानुपर्छ। अर्कातिर खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ। त्यसैले राधिका आफैं र अर्का सहयोगी राजेश ओलीसँग निरन्तर साथमा छन्। 

एमालेको अभियान शुक्रबार गण्डकी आइसकेको छ। अब ओली काठमाडौं आएर बागमती प्रदेशबाट पूर्वतिर लाग्ने तयारी छ।

तस्बिरहरू : यशिमा महत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .