राजनीति


अराजक र अतिवादी तत्वलाई परास्त गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री

अराजक र अतिवादी तत्वलाई परास्त गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री

सुदूरपश्चिम महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (तस्बिर : प्रदीपराज वन्त/रासस)


नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १७:११, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्ध हुने अराजक र अतिवादी तत्वहरूलाई परास्त गर्नेगरी तयारी भइरहेको बताएका छन्। 

‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानका विरुद्ध हुने अराजक र अतिवादी क्रियाकलापविरुद्ध हामी एक छौँ भन्ने सन्देश दिएका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यस्ता तत्वहरूलाई परास्त गर्नेगरी तयारी भएको पनि छ।’

कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एकथरी मान्छेहरूले देहको अर्थतन्त्र र सरकारको विरुद्धमा उल्टो प्रचार गर्दै हिँडेको बताए। 

‘नकारात्मक मानसकिता भएका अराजकतावादीहरू उल्टो प्रचार गर्दै हिँडेका छन्। नेपाली जनताको हितभन्दा बाहिर रहेर प्रधानमन्त्री रहने बेलासम्म कुनै काम नहुने प्रतिवद्धता व्यक्त गर्दछmु’ उनले भने।

लोकतन्त्र र गणतन्त्र उल्टाउने प्रयासमा आफ्नो गहिरो ध्यान भएको पनि उनले बताए। 

‘एकथरी मान्छेले उज्यालो केही छैन भनेजसरी प्रचार गरिरहेका छन्। लोकतन्त्र, गणतन्त्रलाई उल्टाउने प्रयास जुन हुँदैछ त्यसमा मेरो गहिरो ध्यान छ। गहिरो चासो हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .