सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टी एकीकरणको २१ महिनामा दोस्रोपटक केन्द्रीय सदस्यको बैठक बसेको हो। दुई पार्टीको एकतापछि केन्द्रीय सदस्यको संख्या धेरै भएपछि बैठक राष्ट्रिय सभागृहमा बसिरहेको छ। अहिले नेकपाकाे केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय छ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएपछि दोस्रोपटक केन्द्रीय समितिको बैठक बसेको हो। बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव तथा सातै प्रदेशका अध्यक्षहरूले प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया