राजनीति


कोरनाबाट नेपालमा ठूलो धक्का पर्न दिँदैनौँ : प्रधानमन्त्री

कोरनाबाट नेपालमा ठूलो धक्का पर्न दिँदैनौँ : प्रधानमन्त्री

नेपालखबर
माघ १५, २०७६ बुधबार ७:१३,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नेपालमा ठूलो असर नभए पनि त्यसबाट सतर्कता अपनाउनुपर्ने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओली नेपालमा एक मात्र व्यक्तिमा भाइरसको असर देखिएको बताए। उनले कोरानाबाट नेपाललाई ठूलो धक्का पर्न नदिने बताए।

मंगलबार प्रतिनिधिसभामा सभाुखलाई बधाइ दिँदै प्रधानमन्त्री ओलीले २०२० को सुरुवातमै नेपाललाई प्रकृतिक रुपमा धक्का महसुस भएको बताएका थिए। उनी लगत्तै बोलेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले के को धक्का भनि प्रश्न समेत उठाएका थिए।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यसको समेत जवाफ दिएका थिए। ‘भ्रमण वर्षका अवसरमा मैले हिजो कोरोेना भइरसले धक्का दिने हो कि भनेर बोलेको थिए। त्यो कसले कति बुझ्यो मलाई थाहा छैन’, उनले भने, ‘कहाँको धक्का भन्ने पनि कुरा गर्नुभयो। तर, हाम्रो सजगता छ भरसक ठूलो धक्का नहोस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad