मंगलबार एक विज्ञप्ती जारी गर्दै पेन्टागनले इराकस्थित अमेरिकी बेसमा इरानले गरेको आक्रमणले आफ्ना सेनाको मस्तिष्कमा समस्या देखिएको बताएको हो।
सुरुमा १६ त्यसपछि ३४ हुँदै बढेर ५० जनामा मस्तिष्कमा चोट देखिएको बताइएको छ।
पेन्टागनका प्रवक्ता लफ्टिनेन्ट कर्णेल थोमस क्याम्पबेल भन्छन्,‘मस्तिष्कमा चोट देखिएको सबै अमेरिकी सेनाको यतिबेला उपचार भइरहेको छ। केहीको जर्मनी र केहीको कुवेतमा उपचार भइरहेको छ।’
इरानले गत जनवरी ८ मा आफ्ना कामान्डर कासिम सुलेमानीको हत्या गरेको भन्दै त्यसको बदला लिन इराकस्थित अमेरिकी सैन्य बेसमा दर्जनभन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको थियो।
सेनाहरु पहिल्यै बंकरमा लुकेकाले कसैको ज्यान गएन। यद्यपी उनीहरुको मस्तिष्कमा समस्या देखिन थालेको छ। एजेन्सी

प्रतिक्रिया