ad ad

फोटोफिचर


कपन खोलाको स्ल्याब भत्काउने तयारीमा महानगर (तस्बिरहरु)


सरोज बैजु
साउन २५, २०८० बिहिबार १३:३७, काठमाडौँ

काठमाडौं महानगरपालिकाले वडन नम्बर ७ र बूढानीलकण्ठ नगरपालिकाबीचको कपन खोलामाथिको स्ल्याब भत्काउने तयारी गरेको छ।

उक्त स्ल्याब भत्काउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली र बूढानीलकण्ठ नगरपालिका १० का वडाअध्यक्ष नवराज भट्टराई नेतृत्वको समूहबीच विवा भएको थियो।

बूढानीलकण्ठसँगको विवादबीच खोलो छोपिएको उक्त स्ल्याब भत्काउने अन्तिम तयारी महानगरको टोलीले गरेको छ।

अहिले दुई नगरका अधिकारीबीच वार्ता चलिरहेको छ। तर काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले डोजर लगाएर स्ल्याब भत्काउने तयारी गरेको हो।

महानगरको टोली डोजरसहित स्ल्याब भत्काउन आएपछि स्थानीयबासीले बूढानीलकण्ठका जनप्रतिनिधिलाई बोलाएका थिए। 

अहिले त्यहाँ बूढानीलकण्ठका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई पनि छन्। 

त्यसक्रममा वडाअध्यक्ष भट्टराई काठमाडौं महानगरको डोजरसहितको टोली रोक्न उत्रिएको थियो। बूढानीलकण्ठका प्रवक्तासमेत रहेका भट्टराईलाई महानगर प्रहरीले लछारपछार गरेको थियो।

वार्तामा कुरा मिले पनि नमिले पनि महानगरले उक्त स्ल्याबलाई अवैधानिक भन्दै तोड्ने तयारी गरेको हो। 

अहिले काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष विमल होडा र बूढानीलकण्ठका जनप्रतिनिधिहरु वार्तामा बसेका छन्। 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्र यहाँ बर्षेनि बाढीको आतंक छ। यस क्षेत्रमा खोलाको बहाव खुम्च्याएर अतिक्रमण गरेको आरोप लाग्ने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .