ad ad

समाज


डोजरसहित पुगेको महानगर प्रहरी र बूढानीलकण्ठका वडाअध्यक्षबीच घम्साघम्सी (तस्बिरहरु)

डोजरसहित पुगेको महानगर प्रहरी र बूढानीलकण्ठका वडाअध्यक्षबीच घम्साघम्सी (तस्बिरहरु)

महानगर प्रहरी पुगेपछि विवाद बढ्दा तैनाथ सुरक्षाकर्मी। तस्बिर : सरोज बैजु


सरोज बैजु
साउन २५, २०८० बिहिबार १२:२, काठमाडौँ

काठमाडौं महानगरपालिका-७ र बूढानीलकण्ठ नगरपालिकाबीचको कपन खोलामाथि बनाइएको स्ल्याब हटाउन खोज्दा तनाव भएको छ।

उक्त स्ल्याब भत्काउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली र बूढानीलकण्ठ नगरपालिका १० का वडाअध्यक्ष नवराज भट्टराई नेतृत्वको समूहबीच घम्साघम्सी भएको हो। 

काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली बूढानीलकण्ठको सात तलेमा डोजरसहित पुगेपछि तनाव भएको हो। 

महानगरको टोली डोजरसहित आएपछि स्थानीयबासीले बूढानीलकण्ठका जनप्रतिनिधिलाई बोलाएका थिए। 

त्यसपछि बूढानीलकण्ठका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई पुगेका हुन्। 

त्यसक्रममा वडाअध्यक्ष भट्टराई काठमाडौं महानगरको डोजरसहितको टोली रोक्न उत्रिएको थियो। बूढानीलकण्ठका प्रवक्तासमेत रहेा भट्टराईलाई महानगर प्रहरीले लछारपछार गरेको स्थानीयले बताएका छन्। 

वडाअध्यक्ष भट्टराईले दुई नगरबीच समन्वय आवश्यक रहेको बताउँदा बताउँदै आफूलाई लछारपछार गरिएको गुनासो गरेका छन्। 

विवाद बढ्दै गएपछि नेपाल प्रहरीको टोलीले हस्तक्षेप गरेको छ। प्रहरीले डोजरको चावी नियन्त्रणमा लिएर दुवै नगरका जनप्रतिनिधिलाई वार्तामा बस्न भनेको छ। 

अहिले काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष विमल होडा र बूढानीलकण्ठका जनप्रतिनिधिहरु वार्तामा बसेका छन्। 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्र यहाँ बर्षेनि बाढीको आतंक छ। यस क्षेत्रमा खोलाको बहाव खुम्च्याएर अतिक्रमण गरेको आरोप लाग्ने गरेको छ। 

यसअघि 
बूढानीलकण्ठ नगरपालिका १० का अध्यक्ष भट्टराईले कपन खोलामाथि आफ्नो घर बनाएको भेटिए भत्काउन तयार रहेको बताएका थिए।

यही मंगलबार आयोजित एक कार्यक्रममा उनले केही वर्षअघि आफू डुबानपीडित भएको भन्दै बोलेको कुरालाई अहिले समाचार बनाइएकोमा दु:ख व्यक्त गरेका थिए।

भट्टराईले खोलामाथि आफ्नो घर बनेको प्रमाणित गर्न पनि चुनौती दिएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .