राजनीति


कांग्रेसका राम्रा कामको प्रचार नै भएन, जनतालाई बुझाउन सकिएन : प्रकाशमान सिंह

कांग्रेसका राम्रा कामको प्रचार नै भएन, जनतालाई बुझाउन सकिएन : प्रकाशमान सिंह

नेपालखबर
साउन २५, २०८० बिहिबार १३:२८, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले पार्टीका राम्रा कामको प्रचार प्रसारमा लाग्नु पर्ने  बताएका छन्। 

जनतालाई गुमेको अधिकार फिर्ता ल्याएर कांग्रेसले दिएको, विकासको नेतृत्व गरेको बताउँदै उनले तर आफ्ना राम्रा कामको चर्चा हुन नसकेको बताए। 

‘कांग्रेसले गरेका राम्रा काम जनतालाई अनुभूत हुने गरी बुझाउन सकेको छैन’, उनले भने, ‘अहिलेको अवस्थामा प्रतिस्पर्धी पार्टी संगठन बनाउनु पर्ने आवश्यकता छ।’ 

उनले पहिले जस्तो अवस्था अब नरहेको बताउँदै समय परिस्थितिअनुसार चल्न नसके कांग्रेस लाई पनि गाह्रो पर्न सक्ने उल्लेख गरे।

‘’
‘पुरानो र ठूलो पार्टी भनेर इतिहासको कुरा गरेर मात्रै अब चल्दैन’, नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर १ मा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले भने। 

नेता सिंहले कांग्रेसका गतिविधि  खर्चिलो हुन थालेको भन्दै यसमा पनि सुधार ल्याउनु पर्ने बताए। 

पार्टीभित्र मतभेद हुनुलाई स्वभाविक बताउँदै उनले एकअर्को लाई दोष लगाएर कोही बलियो हुन नसक्ने दाबी गरे।

‘कांग्रेस कमजोर हुँदा कोही ब्यक्ति बलियो हुन सक्दैनन्। सस्तो प्रचारबाजीमा लागेर पार्टी नेताहरुविरुद्ध सार्वजनिक टिप्पणीले कसैलाई हित हुँदैन’, उनले भने, ‘बिमतिहरु हुन सक्छन्। चित्त नबुझ्न सक्छ, ती कुरा पार्टीभित्र औपचारिक या अनौपचारिक छलफलमा उठाउन सकिन्छ। चित नबुझेको कुरा भन्नै नपाइने भन्ने हुँदैन।’

सार्वजनिक रुपमा बादविवाद गरिँदा पार्टीलाई अहित हुने भन्दै उनले यसमा ख्याल राख्नसमेत आग्रह गरे।

आफूले चाहेजस्तो नभएपछि पार्टीका उमेदवारलाई नै हराउन लाग्ने अस्वभाविक परिस्थिति रहनाले कांग्रेस कमजोर भएको उनले बताए। 

कार्यक्रममा बोल्दै कांग्रेस सह-महामन्त्री भीष्मराज आङ्दाङवेले कांग्रेस केन्द्रीय समितिका निर्णयहरु पालना गरेर अघि बढ्न सके पार्टी बलियो हुने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .