समाज


अरनिको राजमार्ग राति बन्द गरिने

अरनिको राजमार्ग राति बन्द गरिने

नेपालखबर
असार १३, २०८३ शनिबार १६:३२, काठमाडौँ

अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडकखण्डमा १५ दिन राति सवारी आवागमन बन्द गरिने भएको छ। 

जिल्ला सुरक्षा समिति, काभ्रेको बैठकले यो सडकखण्डमा असार २२ देखि साउन ४ गतेसम्म रातको समयमा सवारी साधन आवागमन पूर्ण बन्द गर्ने निर्णय गरेको हो।

यो अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्ण रुपमा प्रवेशमा निषेध गर्ने र यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। 

अहिले यो क्षेत्रमा सडक स्तरोन्नति भइरहेको छ। कामलाई तीव्रता दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाउने निर्णय भएको उनको भनाइ छ। 

रातिको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न दिइने निर्णय गरिएको अधिकारीले जानकारी दिए। सवारी साधन व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने उनले बताए। 

गत चैतमा करिब एक महिनाभर रातको समयमा आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरिएको थियो। यो अवधिमा यात्रु तथा मालवाहक सवारी साधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न समितिले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad