ad ad

फोटोफिचर


श्रमिक फर्काइदिएपछि व्यवसायीले घेरे अध्यागमन विभाग (तस्बिरहरू)


सरोज बैजु
असार ३१, २०८० आइतबार १४:४४, काठमाडौँ

 त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई फर्काइदिएपछि व्यवसायीहरु आन्दोलित भएका छन्।

गत बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काइएपछि व्यवसायी आन्दोलित भएका हुन्।

उनीहरुले आइतबार दिउँसो कालिकास्थानस्थित अध्यागमन विभाग घेरेका हुन्। प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले अध्यागमन विभागका महानिर्देशकको राजीनामा पनि मागेका छन्। 

आन्दोलित व्यवसायीहरुले श्रमिकलाई फर्काउने काम बन्द गर, अध्यागमन विभागका महानिर्देशक राजीनामा देऊ,  अध्यागमनको ज्यादती बन्द गर जस्ता  नारा लेखिएका प्लेकार्ड बोकेका थिए। 

श्रमिकहरुले पेश गरेको कागजपत्र शङ्कास्पद देखिएको भन्दै अध्यागमन कार्यालयले कामदारहरूलाई फिर्ता पठाइदिएपछि वैदेशिक रोजगार व्यवसायी आक्रोशित छन्। 

विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिइसकेकाहरु फर्काइएका थिए।

अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको भन्दै फर्काइदिएको थियो। व्यवसायीहरुले भिजिट भिसा पनि बन्द गर्न माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .