काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमंगल पर्व मनाएका छन्। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई घण्टाकर्ण पर्व पनि भनिन्छ।
यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ। शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा युवाहरु जम्मा भई साँझ आँगो बालेर भूत भगाउने गर्छन्।
भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने गर्दछन्।
पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ।
नेवार समुदायमा एकाबिहानै उठेर घरलाई लिटपोत गरी सफा पार्ने र घरका सबैजनाले नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा सो जलले छर्केर चोखो बनाउने परम्परा रहेको छ।
घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाडाकुँडासमेत धोएर चोखो बनाउनुपर्दछ।
किंवदन्ती अनुसार प्राचीन समयमा नेपालमण्डलमा गठामंगल नाम गरेको एउटा दानव थियो। त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिस मन पर्दैनथ्यो। उसले सत्य वचन सुन्नुपर्ला भनेर सधैं कानमा घण्टी झुन्ड्याएर हिँड्ने गर्थ्यो। त्यसपछि उसलाई घण्टाकर्ण भन्न थालियो।
तस्बिरहरूः
Shares
प्रतिक्रिया