संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ।
संघीय संसदको आइतबार बसेको संयुक्त बैठकले बहुमतले नियमावली पारित गरेको हो।
उक्त नियमावली पारित भएपछि सांसदहरु फुर्सदिला देखिए। फुर्सदको समयमा कोही सेल्फी खिचिरहेका थिए भने कोही गफिइरहेका थिए।
खाली समयमा केही सांसदहरु संसद् भवन नयाँबानेश्वर परिसरमा सामूहिक फोटो खिचाउन पनि व्यस्त देखिन्थे।
नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संयुक्त बैठकमा उक्त नियमावली पारित गरियोस् भनी प्रस्ताव गरेका थिए।
जेठ १४, २०८०, आइतबार
42
Shares
प्रतिक्रिया