२९८ औँ पृथ्वीजयन्ती काठमाडौँ लगायत देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।
आधुनिक नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पु¥याएको योगदानप्रति सम्मान प्कट गर्दै उनको जन्मजयन्ती मनाइएको हो।
२९८ औँ पृथ्वीजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सिंहदरबार पश्चिम मूलद्वारमा शाहको सालिक रहेको स्थानमा एक समारोहको आयोजना गरिएको थियो।
सो अवसरमा नेपाली सेनाको ब्याण्डसहितको टुकडीले उनीप्रति सम्मान अर्पण गरेको थियो। उनको शालिकमा उक्त अवसरमा १०८ किलो तौलको माला पनि अर्पण गरिएको थियो। विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए।
यसअघि प्रज्ञा–प्रतिष्ठानबाट शाहको ठूलो तस्बिर बग्गीमा राखी बाजागाजासहितको पदयात्रा शहरका विभिन्न भागको परिक्रमा गरी शालिकस्थल आइपुगेको थियो।
सो अवसरमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, राप्रपाका अध्यक्ष कमल थापालगायत राजनीतिक दलका नेता, तीनै प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, पूर्वप्रशासक एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभाव सिंहदरबार पश्चिम मूलद्वार पुगेका थिए।

प्रतिक्रिया