कारोबार


१४ जिल्लामा क्रसर उद्योग चलाउने सरकारको तयारी

१४ जिल्लामा क्रसर उद्योग चलाउने सरकारको तयारी

नेपालखबर
पुस २७, २०७६ आइतबार ८:३,

अधिकांश खोलामा क्रसर उद्योग चल्न थालेपछि सरकारले १४ जिल्लाको डाँडा फोरेर क्रसर उद्योग सञ्चालन गर्न दिने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले क्रसर उद्योगको लागि १४ जिल्लाको ९१ वटा डाँडामा रहेको खानीको पहिचान समेत गरिसकेको जनाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी कार्ययोजना सार्वजनिक गर्दै ढुंगा, गिट्टी, बालुवाजस्ता निर्माणजन्य कच्चापदार्थको खोला, नदी स्रोतहरु मात्र रहेको निर्भरतालाई क्रमशः कम गर्दै लैजान पहिचान भएको डाँडाहरुमा बोलपत्र आह्वान गर्ने प्रक्रियामा जानलागेको बताएको हो।

आगामी छ महिनाभित्र यसको काम सुरु गरिसक्ने समेत मन्त्रालयले जानकारी दिएको छ। यसका साथै सरकारले निर्माणजन्य सामग्रीहरुको खरिदबिक्रीसम्बन्धी इकाइ तोकिने र त्यस्ता सामग्री ढुवानी साधनको जाँच प्रमाणित गर्ने जनाएको छ।

मन्त्रालयले आगामी कार्यक्रमहरु सार्वजनिक क्रममा आगामी तीन महिनाभित्र अत्तरिया धनगढी र इटहरी विराटनगर औद्योगिक करिडोरको सम्भावना अध्ययन सुरु गरिने जानकारी दिएको छ। त्यस्तै पहिले नै घोषणा भएको ३२ वटा औद्योगिक ग्रामको पूर्वाधार निर्माणको लागि १५ दिनभित्र ९२ लाख रुपैयाँको दरले रकम निकासा हुने मन्त्रालयले जनाएको छ।

त्यस्तै बैतडीमा फोस्फोरेट खनिजको अन्वेषण कार्यको अन्तिम ड्रिलिङ कार्य यसै वर्ष सम्पन्न गरी मल उत्पादन गर्ने उद्योगको प्रवद्र्धन उद्योग मन्त्रालयले गर्नेछ। तीन सयवटा वैज्ञानिक नापतौल उपकरणको क्यालिब्रेसन सेवा प्रदान गरी गुणस्तर विकास गर्दै लगिनेछ।

वाणिज्यतर्फ नेपाल भारत वाणिज्य सन्धिको बृहत् पुनरवलोकनका लागि सहसचिवस्तरमा चौथो चरणको वार्ता गरिने मन्त्रालयको भनाइ छ। फागुनभित्र बंगलादेशसँग पनि सचिवस्तरीय वार्ता नेपालले गर्ने मन्त्रालयले जानकारी दिएको छ।

अमेरिकासँग पनि ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्टअन्तर्गत वस्तु निर्यातका लागि वस्तु विकास र निर्यातको क्षमता विकास सम्बन्धमा वार्ता गर्ने भएको छ। यस्तो किसिमको वार्ता भियतनाम र कम्बोडियासँग भने तीन महिनाभित्र गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad