राष्ट्रपति विद्यादेवी भण्डारीले आजबाट सुरु भएको नेपाल भ्रमण वर्षको उद्घाटन गरेकी छिन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा राष्ट्रपतिले एकताकाे प्रतीकस्वरूप बत्ती बालेर राष्ट्रपति भण्डारीले भ्रमण वर्षको भव्य उद्घाटन गरेकी हुन्।
समारोहमा उच्चपदस्थ सरकारी अधिकारीहरु, पर्यटन व्यवसायी, संघ/संस्था, कलाकारहरुको उपस्थिति रहेको थियाे। समारोहका लागि विभिन्न देशबाट पर्यटनमन्त्रीहरु चीनका वाङ साओफेङ, भारतका प्रह्लाद सिंह पटेल, मेन्मारको यू ओन माउंग र जमैकाका एडमन्ड ब्राटलट समेत नेपाल आएका थिए।
कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका उच्चपदस्थ व्यक्तिहरुको समेत सहभागिता रहेको थियो। त्यस्तै पर्यटन व्यवसायी, पर्यटन क्षेत्रसँग सम्बद्ध संघ÷संस्थाहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति राखिएको थियो।

प्रतिक्रिया