बुधबार भ्रमण वर्ष २०२० को उद्घाटन समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अयाोजना भएको छ।
सो क्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु भए। समारोहमा उच्चपदस्थ सरकारी अधिकारीहरु, पर्यटन व्यवसायी, संघसंस्था, कलाकारहरुको उपस्थिति रहेको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमको उद्घाटन गरेकी थिइन्।
राष्ट्रपतिले कार्यक्रममा सम्बोधन गर्न अगाडि नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल पनि कार्यक्रममा विशेष वक्ताको रुपमा पुगेका थिए।
सो क्रममा हमालले अंग्रेजी नयाँ वर्षको शुभकामना व्यक्त गर्दै विदेशी पर्यटकहरुलाई नेपाल भ्रमणको निम्तो दिए।
आफ्नो मन्तव्यका क्रममा हमालले नेपालको सुन्दरताको वर्णन गर्दै भने,‘नेपालमा तपाइँले तराई, पहाड र हिमालको सौन्दर्य एकैपटक नियाल्न सक्नुहुन्छ।’
हमालले एसियाका तार गौतम बुद्ध, यहाँको साँस्कृतिक तथा धार्मिक विविधता र सहिष्णुताबारे चर्चा गर्दै नेपाल जीवनकालमा एकपटक भ्रमण गर्नैपर्ने मूलुक भएको बताए।
विश्वको सर्वोच्च शिखर र बुद्ध जन्मभूमि हेर्न नेपालमै आउनु पर्ने बताउँदै हमालले दुर्लभ बन्यजन्तु र ट्रेकिङका लागि नेपाल उपयुक्त स्थान भएको बताए।
हमालले नेपालीले पर्यटकलाई गर्ने व्यवहारले उनीहरु खुशी हुने बताउँदै नेपाली पर्यटकहरुलाई स्वागत गर्न तयार भएको बताए।
उनले अन्त्यमा प्रश्न गर्दै भने,‘हामी विश्वलाई नेपालमा स्वागत गर्न तयार छौं। के तपाइँ सुन्दर देश नेपाल भ्रमण गर्न तयार हुनुहुन्छ?’

Shares

प्रतिक्रिया