ad ad

म्यागेजिन


 कालापानी कटेर त्यता आउन नपरोस्

 कालापानी कटेर त्यता आउन नपरोस्

राम शर्मा सडक
जेठ १७, २०७७ शनिबार १०:४,

कालापानी कटेर त्यता आउन नपरोस्
पुर्खाले राखेको खुकुरी उदाउन नपरोस् ।

बहादुर गोर्खाली हौँ हामी झुक्दैनौँ कहिल्यै
बरु आफ्नै गर्धन किन छिनाउन नपरोस् !

कसैको अधीनमा बसेनौँ, इतिहास साँछी छ
आज फेरि यही कुरा सम्झाउन नपरोस् ।

पुर्खाले पानी नपिई लडेर स्वाभीमान बचाए
उन्कै सन्तानले त्यही रुप देखाउन नपरोस्।

इमानदार भई फिर्ता गर लुटेको जमिनलाई
होइन भने विश्वको सामू नंग्याउन नपरोस् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .